डोको अभियान जलवायु परिवर्तनबाट जोगिने सन्देश

दैलेख दैलेख सदरमुकाममा हुने चाडबाड, मेला, पर्वमा शरीरमा चोयाबाट निर्माण गरिएका सामग्रीहरु लगाएर बजार परिक्रमा गर्ने युवाहरुको एउटा समूह छ। यो समूहका एक हुन पष्कर खड्‌का, दैलेखमा सञ्चालन गरिएको एक महिना लामो बसें मेलाका अधिमा मनाइने, रोपाई जात्रा, बाघ जात्रा, र कृष्याअष्ठमीको दिनमा पनि पुष्करले चोयाबाट निर्माण गरिएका समग्री शरीरमा घेरेका थिए, त्यहां केही सन्देशहरु पनि थिए, पृथ्वी जोगाऔं, प्लाष्टिकको प्रयोग घटाऊ, स्थानीय उत्पादनलाई पाथमिकता दिऔं, भर्खरै सकिएको तिहारमा खेलिने देजसी भैलो कार्यक्रममा पनि युवाहरुको समूहले डोको अभियानलाई प्रभावकारी रुपमा अगाडी बढाएको पुष्कर खड्काको भनाई छ । जलबायु परिवर्तनको असर दिनप्रतिदिन बढ्‌दै छ। प्लाष्टिक जन्य पदार्थहरुको अत्यधिक प्रयोग बढी रहेका बेलामा देउसी र भैलो मार्फत प्लाष्टिक मुक्त अभियान सुरू गरेको लोकेश गिरीले बताए । देउसी खेल्न हिंडेका युबाहरुले चोयाबाट निर्मित सामानहरुको पहिरन प्रदर्शन गरे। जलवायु न्याय, हामी भविष्य र हामी दायित्व जस्ता ब्यानरहरु टासे, देउसीको गीत पनि फोहोर मैला व्यवस्थापनमै थियो ।