स्वच्छ निर्वाचन – हरित भविष्यका लागि हाम्रो आह्वान!

🌿 स्वच्छ निर्वाचन – हरित भविष्यका लागि हाम्रो आह्वान!🌿

SAMBANDHA NEPAL सबै राजनीतिक दल, उम्मेदवार, कार्यकर्ता तथा आम नागरिकलाई
स्वच्छ, हरित र वातावरणमैत्री निर्वाचन अभ्यास गर्न हार्दिक आह्वान गर्दछ।

हरेक निर्वाचनमा पोस्टर, ब्यानर, प्लास्टिक फोहोर, लाउडस्पिकरको अत्यधिक प्रयोग र अव्यवस्थित सभा–जुलुसका कारण हाम्रो सडक, चौतारा, खोला र सार्वजनिक स्थलहरू प्रदूषित हुने गरेका छन्। यसले वातावरण मात्र होइन, समाजमा पनि गलत सन्देश फैलाउँछ।

अब परिवर्तनको समय आएको छ।
आउनुहोस्, हामी सबै मिलेर यस्ता अभ्यास गरौँः

✅ पोस्टरभन्दा डिजिटल प्रचार प्रयोग गरौँ
✅ प्लास्टिक प्रयोग नगरी वातावरणमैत्री सामग्री अपनाऔँ
✅ सभा र कार्यक्रमपछि फोहोर आफैँ व्यवस्थापन गरौँ
✅ लाउडस्पिकर सीमित प्रयोग गरौँ
✅ सार्वजनिक स्थल सफा राखौँ
✅ पैदल, साइकल र विद्युतीय सवारी प्रयोग गरौँ
✅ निर्वाचनपछि प्रचार सामग्री अनिवार्य हटाऔँ

🌱 हाम्रो मतदान मात्र होइन, हाम्रो व्यवहार पनि जिम्मेवार बनाऔँ।
🌍 हाम्रो निर्वाचन मात्र होइन, हाम्रो भविष्य पनि स्वच्छ बनाऔँ।

सबै राजनीतिक दल, उम्मेदवार, युवा, स्वयंसेवक र नागरिक समाजलाई
“स्वच्छ निर्वाचन – हरित भविष्य” अभियानमा सहभागी हुन हार्दिक आह्वान।

✊ आजको जिम्मेवारी = भोलिको सुरक्षित भविष्य

#SwachhaNirbachan #HaritBhavishya #GreenElection #SAMBANDHANepal
#CleanPolitics #SaveEnvironment #YouthForClimate #DoKoAbhiyan