
स्वच्छ निर्वाचन – हरित भविष्यका लागि हाम्रो आह्वान!![]()
SAMBANDHA NEPAL सबै राजनीतिक दल, उम्मेदवार, कार्यकर्ता तथा आम नागरिकलाई
स्वच्छ, हरित र वातावरणमैत्री निर्वाचन अभ्यास गर्न हार्दिक आह्वान गर्दछ।
हरेक निर्वाचनमा पोस्टर, ब्यानर, प्लास्टिक फोहोर, लाउडस्पिकरको अत्यधिक प्रयोग र अव्यवस्थित सभा–जुलुसका कारण हाम्रो सडक, चौतारा, खोला र सार्वजनिक स्थलहरू प्रदूषित हुने गरेका छन्। यसले वातावरण मात्र होइन, समाजमा पनि गलत सन्देश फैलाउँछ।
अब परिवर्तनको समय आएको छ।
आउनुहोस्, हामी सबै मिलेर यस्ता अभ्यास गरौँः
पोस्टरभन्दा डिजिटल प्रचार प्रयोग गरौँ
प्लास्टिक प्रयोग नगरी वातावरणमैत्री सामग्री अपनाऔँ
सभा र कार्यक्रमपछि फोहोर आफैँ व्यवस्थापन गरौँ
लाउडस्पिकर सीमित प्रयोग गरौँ
सार्वजनिक स्थल सफा राखौँ
पैदल, साइकल र विद्युतीय सवारी प्रयोग गरौँ
निर्वाचनपछि प्रचार सामग्री अनिवार्य हटाऔँ
हाम्रो मतदान मात्र होइन, हाम्रो व्यवहार पनि जिम्मेवार बनाऔँ।
हाम्रो निर्वाचन मात्र होइन, हाम्रो भविष्य पनि स्वच्छ बनाऔँ।
सबै राजनीतिक दल, उम्मेदवार, युवा, स्वयंसेवक र नागरिक समाजलाई
“स्वच्छ निर्वाचन – हरित भविष्य” अभियानमा सहभागी हुन हार्दिक आह्वान।
आजको जिम्मेवारी = भोलिको सुरक्षित भविष्य
#SwachhaNirbachan #HaritBhavishya #GreenElection #SAMBANDHANepal
#CleanPolitics #SaveEnvironment #YouthForClimate #DoKoAbhiyan